global ime bank Long Banner Ad

गृहपृष्ठ लमजुङमा एक महिला मृत अवस्थामा फेला

लमजुङमा एक महिला मृत अवस्थामा फेला

लमजुङमा एक महिला मृत अवस्थामा फेला

लमजुङको मध्यनेपाल नगरपालिका– १ जितामा बिहीबार मृत अवस्थामा एक महिलाको शव फेला परेको छ । साविक जिता गाविस, निबुवाटारी बस्दै आएकी ५९ वर्षीया दमन्ती घिमिरे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घिमिरेको घरमा ढोका खुला रहेको र घरभित्र बाँदर पसेपछि छिमेकीले लखेट्ने क्रममा उनी मृत अवस्थामा फेला परेको हो । घिमिरेको गएराति हत्या भएको अनुमान गरिएको छ ।

घरमा एक्लै बस्दै आएकी घिमिरेलाई खोज्दै जाँदा शरीरमा चोट र रगताम्य अवस्थामा मृत फेला पारेपछि तत्काल प्रहरीलाई खबर गरिएको वडा अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

घिमिरेको टाउको, नाक, मुख र घाँटीमा गम्भीर चोट देखिएको छ भने एउटा हात र औंला पनि भाँचिएको अवस्थामा रहेको स्थानीय बासिन्दाले बताएका छन् । सन्तान नभएकी घिमिरे अमेरिकामा रहेका आफ्ना श्रीमानसँग अंशबण्डा गरी छुट्टिएर एक्लै बस्दै आएकी थिइन् ।

घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट कर्तव्य भएको यकिन गर्न सकिने घटनास्थल पुगेकाका लमजुङका प्रहरी प्रमुख यादव ढकालले बताए । प्रहरीले पोखराबाट कुकुर ल्याएर घटनास्थल र घटनाबारे थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए ।

प्रकाशित समय : ०२:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु