global ime bank Long Banner Ad

गृहपृष्ठ मोदी, हसिना र मिन्ट आजै फर्कने

मोदी, हसिना र मिन्ट आजै फर्कने

मोदी, हसिना र मिन्ट आजै फर्कने

बिमस्टेक चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना आज नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा आजै फर्कने भएका हुन् ।

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने भोली फर्कने छन् । उनी लुम्बीनि भ्रमणमा जाने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना पर्सी मात्रै स्वदेश फर्कने छन ।
नेपालका प्रधानमन्त्री केपी ओली र उनीबीच द्विपक्षीय भेटघाटका कार्यक्रम छ । चौथो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा हिजो काठमाडौ आएका हुन् ।

म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौं आएका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु