गृहपृष्ठ किशोरी बलात्कारको आरोपमा मानबहादुर विष्ट पक्राउ
किशोरी बलात्कारको आरोपमा मानबहादुर विष्ट पक्राउ
कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शनिबार एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोही ठाउँका मानबहादुर विष्टलाई बलात्कारको आरोपमा पक्राउ गरिएको हो ।
पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले जानकारी दिए ।
गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए ।
शुक्रबार किशोरीलाई जवदिया भन्ने स्थानबाट प्रहरीले उद्धार गरेको थियो । बलात्कारमा संलग्न अर्का एक जनाको प्रहरीले खोजी गरिरहेको छ ।
किशोरीको स्वास्थ्य परीक्षणलगायतका कार्य सम्पन्न गरी अनुसन्धानको कार्य जारी रहेको बताइएको छ ।
वृद्ध मृत फेला
कञ्चनपुरको बेलौरी नगरपालिका–७ गणेशपुरका ६० वर्षीय पसी रानाको नहरमा डुबेको अवस्थामा शनिबार शव फेला परेको छ ।
सिमपुरदेखि टेडिया जाने भगतपुरस्थित नहरमा रानाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।
स्थानीय बासिन्दाले नहरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ । रासस ।
प्रकाशित समय : ०२:१० बजे



















