global ime bank Long Banner Ad

गृहपृष्ठ आइतबारदेखि चिकित्सक संघ आन्दोलन उत्रने

आइतबारदेखि चिकित्सक संघ आन्दोलन उत्रने

आइतबारदेखि चिकित्सक संघ आन्दोलन उत्रने

मुुलुकी फौजदारी अपराध संहिता परिमार्जनको माग गर्दै नेपाल चिकित्सक संघले आइतबारबाट आन्दोलन गर्ने भएको छ । आइतबार विहान १० बजे माइतीघर मण्डलामा भेला हुने र मेडिकल काउन्सिल गएर प्रमाणपत्र फिर्ता दिने संघको कार्यक्रम छ ।

संघले देशभरका चिकित्सकहरुलाई भदौ १५ सम्म आफ्नो प्रमाणपत्र बुझाउन भनेको थियो । अहिलेसम्म ३ हजार बढी चिकित्सकको प्रमाणपत्र जम्मा गरेको र मेडिकल काउन्सिलमा बुझाउन लागिएको संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए ।

यही भदौ १ बाट लागु मुलुकी अपराध संहिताका केही बुँदामा असहमति राख्दै चिकित्सक संघ आन्दोलनमा उत्रिन लागेको हो । यसअघि संघले भदौ १ बाटै विरामी नजाँच्ने घोषणा गरेको थियो । तर, सरकारले मुलुकी ऐन संशोधनको आश्वासन दिएपछि आन्दोलन रोकिएको थियो ।

तर सरकारले ऐन सशोधन गर्ने प्रस्ताव नल्याएपछि सरकारलाई दबाब दिन संघ आन्दोलनमा उत्रन लागेको हो । मुलुकी फौजदारी संहिता संशोधनको माग गर्दै संघले सोमबार देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्न आह्वान गरेको छ ।

संहितामा उपचारका क्रममा लापर्वाहीले विरामीको मृत्यु भएमा ज्यान मुद्दा चलाउने प्रावधान छ । चिकित्सक संघ उक्त व्यवस्थाको संशोधन गर्न माग गर्दै आन्दोलनमा उत्रन लागेको हो ।

प्रकाशित समय : ०१:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु