global ime bank Long Banner Ad

गृहपृष्ठ त्रिभुवन विमानस्थल अझै खुलेन, बाह्य तथा आन्तरिक उडान प्रभावित

त्रिभुवन विमानस्थल अझै खुलेन, बाह्य तथा आन्तरिक उडान प्रभावित

त्रिभुवन विमानस्थल अझै खुलेन, बाह्य तथा आन्तरिक उडान प्रभावित

गएरातिदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै खुलेको छैन । बाँकेको नेपालगन्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि विमानस्थल बन्द भएको हो ।

राति साढे ८ बजे देखि बन्द भएको विमानस्थल खुलाउने प्रयास भइरहेको छ । जहाजलाई धावनमार्गबाट तानेर हटाउने प्रयास भइरहेको विमानस्थलज कार्यालयले जनाएको छ ।

विमानस्थल बन्द हुँदा अन्तर्राष्ट्रिय उडान दिल्लीमा डाइभर्ट गरिको छ । जहाजमा रहेको २१ यात्रु भने सकुशल रहेका छन् ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु