काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गृहमन्त्रीको जवाफ चित्तबुझ्दो छैन : सांसद

12.37K
shares

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सम्बन्धमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसदमा दिएको जबाफ चित्तबुझ्दो नभएको सांसदहरुले बताएका छन् । उनीहरुले घटनाका सम्बन्धमा गृहमन्त्रीको जवाफपछि उनको जवाफ चित्तबुझ्दो नआएको बताएका हुन् ।

बिहीबार घटनाका सम्बन्धमा सांसदहरुले प्रतिनिधि सभाको बैठकमा सरकारको ध्यानाकर्षण माग गरेपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई रुलिङ गरेका थिए । शुक्रबार संसदमा गृहमन्त्री थापाले उक्त घटनाका सम्बन्धमा जवाफ दिएका हुन । तर, उनको जवाफ चित्तबुझ्दो नभएको सांसदको भनाई छ ।

सांसद राजेन्द्रप्रसाद लिंगदेनले घटनाको अनुसन्धानमा सरकार अलमलएको बताए । ‘प्रारम्भीक अनुसन्धानकर्ताहरुलाई खास अभियुक्त थाह छ,’ लिंगदेनले भने, ‘उनीहरुमाथि नै छानबिन हुनुपर्छ ।’

उता सांसद सुजाता परियारले भने गृहमन्त्री थापाको जवाफ विश्वास लाग्दो नभएको प्रतिक्रिया दिइन् । परियारको प्रश्न थियो, ‘कहिलेसम्म हत्यारा पत्ता लाग्छ ?’ अर्की सांसद पार्वति डिसी चौधरीले भने बम दिदीबहिनीको घरबाट छानबिन हुनुपर्नेमा गृहमन्त्रीले गोलमटोल जवाफ दिएको भन्दै असन्तुष्टि जनाइन् ।

संसद बैठकमा दिलेन्द्रप्रसाद बढु, राजकिशोर यादव, चन्द्रा चौधरी तथा लक्ष्मणलाल कर्णलगायतले गृहमन्त्रीले संसदमा दिएको जवाफप्रति असन्तुष्टि जनाए । बडुले छानबिन समितिका सदस्यालाई धम्क्याउनेबाटै अनुसन्धान गर्नुपर्ने बताए भने यादवले मुलुकमा सरकार र गृहप्रशासन नभएको अनुभूति भएको टिप्पणी गरे । सांसद चौधरीले सरकारको गैरजिम्मेवारीपनप्रति आक्रोश पोख्दा कर्णले भने बर्दियामा हिरासतमा मृत्यु भएको घटना ‘शंकास्पद’ भन्दै उक्त घटनाको पनि छानबिन गर्नुपर्ने माग गरे ।