ग्लोबल आइएमईको शाखा गोरखा र नवलपरासीमा
वि.सं.२०७५ भदौ २९ शुक्रवार १९:४९
shares

ग्लोबल आइएमई बैंकले बिहीबार गोरखा बजारमा रहेको गोरखा शाखाको औपचारिक उद्घाटन गरेको छ । जिल्ला समन्वय समितिका सभापति अशोक गुरुङ र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले शाखाको संयुक्त रूपमा उदघाटन गरेका छन । सोही शाखामा खोलिएको एटिएम सेवाको भने गोरखा नगरपालिकाका उपप्रमुख बिनाकुमारी श्रेष्ठले उद्घाटन गरिन् ।
शाखा उद्घाटन गर्दै बैंकका अध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने मूलनारालाई आत्मसात गर्दै बैंकले सेवा विस्तार गरिरहेको बताए । बैंकिङ पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि शाखा विस्तार गर्ने र सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट स्थानीयलार्इ सेवा दिने उनले जानकारी दिए ।
साथै, बैंकले प्रदान गरिरहेका सुविधा साना व्यवसायी कर्जा, कृषि कर्जा, होम लोन, रेमिट्यान्स सुविधालगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे । बैंकले गोरखामा गोरखाबजार, मनकामना र सिरानचोक गरी तीनवटा शाखा सञ्चालन गरेको छ ।
यसैगरी, बैंकले बिहीबारदेखि एक सय ३२औं शाखा र १ सय ३७औं एटिएम सेवा नवलपरासीको गैंडाकोटमा सञ्चालनमा ल्याएको छ । बैंकका एक सय २ शाखारहित बैंकिङ, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर छन् ।
बैंकले अत्याधुनिक प्रविधियुक्त भाइबर बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ सेवाका साथै अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रदान गरिरहेको छ ।

























