काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्राविधिक शिक्षामा विद्यालय सञ्चालकहरुको जोड

12.24K
shares

निजी विद्यालयका सञ्चालकहरुले बदलिँदो परिवेश अनुसारनै प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् । प्याब्सन विराटनगरमहानगर कार्यसमितिको सोमबार विराटनगरमा भएको प्रथम नगर अधिवेशनमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पदाधिकारीले प्राविधिक बिषयमा जोड दिएका हुन् ।

प्याब्सनका केन्द्रीय सल्लाहकार टिकाराम पुरीले बदलिएको विश्व परिवेशसँगै डिग्री र ग्रेड मात्र हाँसिल गर्ने शिक्षा महत्वहीन हुँदै गएको बताए । देश विकासका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिको विषयमा गृहकार्य गरेर सोहीअनुसारको पाठ्यक्रम विकास गर्नुपर्ने उनको सुझाव छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले शिक्षाको विकासमा निजी तथा संस्थागत विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको बताए । प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दासले विभिन्न प्रकारका ऐन नियम लादेर निजी विद्यालयहरुलाई अफ्ठयारो पार्न खोजिएको बताए ।