लम्कीमा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु
वि.सं.२०७५ भदौ २९ शुक्रवार २३:३१
shares

कैलालीको लम्कीमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय अनिल वादि छन् भने अर्का एक जनाको पिहचान हुन सकेको छैन ।
चिसापानीदेखि महेन्द्रनगरतर्फ जाँदै गरेको से. १ ख. ११८८ नम्बरको यात्रुबाहक बस लम्की चुहा नगरपालिका–१ स्थित बल्चौर नजिकै दुर्घटना भएको हो ।
प्रहरीका अनुसार २ जनाको घटनास्थलमा नै मृत्यु भएको र चार जना घाइते भएका छन् । मृतकलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको र घाईतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

























