नरेश भट्टराई र कीर्ति भट्टराईले उद्घाटन गरे मेघा डेकोर
वि.सं.२०७५ भदौ ५ मंगलवार १८:११
shares

विभिन्न इन्टेरियर डिजाइन र सजावटका सामग्री उपलब्ध गराउने मेघा डेकोर एन्ड इन्टेरियर हाउसको नयाँ सोरुम बाँसबारीमा स्थापना भएको छ । उद्घोषक नरेश भट्टराई र सिनेकर्मी कृति भट्टराईले सोरुमको उद्घाटन गरेका छन् ।
कार्यक्रममा लायन्स डिस्ट्रिक्ट गभर्नर अनन्त भेटवाल र मेघा डेकोर एन्ड इन्टेरियर हाउसकी अध्यक्ष सविता प्याकुरेल र प्रबन्ध निर्देशक उपेन्द्र प्याकुरेलको पनि उपस्थिति थियो । सोरुममा घरको आन्तरिक सजावटका लागि आवश्यक सम्पूर्ण सामग्री पाइन्छ । सोरुममार्फत बेड, दराज, मोड्युलर किचेन, सोफा, पार्केट, स्टिल फेब्रिकेसन, आल्मुनियम फेब्रिकेसन, फल्स सिलिङ, सिमेन्ट बोर्ड पार्टिसन, अफिस सेटअपलगायतका सबै सेवा उपलब्ध गराइन्छ ।
कोटेश्वरमा सन् २००९ मा स्थापना भएको मेघा वाटर ट्रिटमेन्टबाट व्यवसाय विस्तार हुँदै हाल मेघा डेकोर एन्ड इन्टेरियर हाउसको रुपमा दोस्रो सोरुम बाँसवारीमा स्थापना भएको हो । ग्राहकलाई उच्च गुणस्तरीय सामग्री प्रदान गर्ने लक्ष्यका साथ यसको स्थापना गरिएको निर्देशक आयुष प्याकुरेलले बताए ।

























