काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

उदयपुरमा मिल्याे नेकपाको भागबन्डा, कसको भागमा कुन स्थानीय तह ?

11.26K
shares

उदयपुरका ८ मध्ये ५ स्थानीय तहमा पूर्वएमालेले नेतृत्व गर्ने भएको छ । ३ वटा पूर्वमाओवादीको भागमा परेको छ । यद्यपि, केन्द्रले यसबारे आधिकारिक निर्णय गरिसकेको छैन । प्रदेश, जिल्ला र स्थानीय तहका नेताहरुबीच यसबारे सहमति भइसकेको स्रोतको दाबी छ । सहमतिअनुसार पूर्वमाओवादीले रौतामाइ गाउँपालिकासहित कटारी र बेलका नगरपालिका पाउनेछ । यस्तै उदयपुरगढी, ताप्ली र सुनकोशी गाउँपालिका तथा चौदण्डीगढी र त्रियुगा नगरपालिका पूर्वएमालेको भागमा परेको छ ।

 

स्थानीय तहको भागबन्डा मिलेसँगै नेताहरुबीच नेतृत्वलाई लिएर हानथाप सुरु भएको छ । पूर्वएमाले र पूर्वमाओवादीका नेताहरु आफ्नो भागमा परेका स्थानीय तहमा नेतृत्व टुंगो लगाउने कसरतमा जुटेका छन् । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भए पनि तल्लो तहमा एकता तथा भागबन्डा हुने क्रम जारी नै छ ।