काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बकर ईदको अवसरमा बुधबार प्रदेश १ मा सार्वजनिक विदा

14.53K
shares

 

इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईदको अवसरमा प्रदेश सरकारले एक नम्बर प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको छ । बकर ईदको अवसरमा प्रदेश सरकारले बुधबार विदा दिने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय विराटनगरमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश भरी सार्वजनिक विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

प्रदेश सरकारले यस अघि पनि अन्तराष्ट्रिय आदिवासी जनजाति दिवसको अवसरमा प्रदेशमा सार्वजनिक विदाको घोषणा गरेको थियो । तर संघीय सरकारले विदा नदिएको र आफूहरु संघीय सरकारको मातहतमा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र मातहतका कार्यालयहरुले विदाको पालना गरेका थिएनन् ।

केही दिनअघि मात्र बकर इदका अबसरमा सर्बजनिक विदा दिन माग गर्दै नेपाल मुस्लिम इत्तेहाद संगठन मोरङले मुख्य मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाएको थियो ।