global ime bank Long Banner Ad

गृहपृष्ठ घुस रकमसहित अमिन पक्राउ

घुस रकमसहित अमिन पक्राउ

घुस रकमसहित अमिन पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नापी कार्यालय सर्लाही सेवा केन्द्र हरिवनका एक कर्मचारीलाई घुस लिदैँ गरेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सेवा केन्द्रका अमिन किशुनदेव मण्डल रहेका छन् । आयोगको बर्दिवासस्थित कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीसँग लिएको घुस रकम नौ हजारसहित उनलाई पक्राउ गरेको हो ।

अंशवण्डा पत्रका लागि जग्गा कित्ताकाट गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा मण्डललाई पक्राउ गरेको अख्तियारले जनाएको छ । दाजुभाइको अंशबण्डाका लागि मण्डलले १५ हजार रुपैयाँ घुस मागेका थिए तर कार्यालयमै लेखापढीको काम गर्ने एक कर्मचारीमार्फत नौ हजार बुझाइएको थियो ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु