global ime bank Long Banner Ad

गृहपृष्ठ तीन किलो सुनसहित दुई जना पक्राउ

तीन किलो सुनसहित दुई जना पक्राउ

तीन किलो सुनसहित दुई जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले तीन किलो सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौं सुन तस्करी भइरहेको सूचनाका आधारमा रसुवा गोसाइकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई पक्राउ गरेको हो । पत्रकार सम्मेलन गरी सोमबार बेलुका बा ७३ प ३४०२ नम्बरको निलो रंगको पल्सर मोटरसाइकलमा सुन ल्याउँदै गरेको अवस्थामा टोखा रोडबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

उनीहरुले १२ टुक्रा सुन पेटीभित्र लुकाएर ल्याएका थिए । पक्राउ परेका घले र तामाङ भरिया मात्र भएको जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ ।

प्रकाशित समय : १३:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु