global ime bank Long Banner Ad

गृहपृष्ठ एआईआरडिसीको अध्यक्षमा नेपाल इन्स्योरेन्सका विजयबहादुर शाह चयन

एआईआरडिसीको अध्यक्षमा नेपाल इन्स्योरेन्सका विजयबहादुर शाह चयन

एआईआरडिसीको अध्यक्षमा नेपाल इन्स्योरेन्सका विजयबहादुर शाह चयन

विकासशील राष्ट्रका बिमा तथा पुनर्बिमा कम्पनीहरुको संगठन (एआईआरडिसी) को अध्यक्षमा विजयबहादुर शाह चयन भएका छन् । संगठनको मंगलबार नेपालमा भएको वार्षिक साधारणसभाले नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शाहको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा घानाकी एलिजवेथ बान्स डोग्वे चयन भएकी छन् । महासचिवमा फिलिपिन्सकी हर्मिनला जासिन्टो र सदस्यहरुमा फिलिपिन्सका इस्थर सि टान, श्रीलंकका डा. जागथ आलविस, बहराइनका यासिर अल्वाहर्न, तान्जेनियका विल्सन नाथानिएल डेसान्जो चयन भएका छन् । समितिमा जिम्बाबे र थाइल्यान्डका प्रतिनिधि पनि चयन भएका छन् ।

नयाँ समितिको कार्यकाल दुई वर्ष रहनेछ । साधारण सभाले २२औं एआईआरडिसी सम्मेलन सन् २०२० केन्यामा गर्ने निर्णय गरेको छ ।

सम्मेलनमा ८८ मुलुकका प्रतिनिधिसहित १८ मुलुकका बिमा तथा पुनर्बिमा कम्पनीका चार सय जनाको सहभागिता थियो । सम्मेलन बुधबारसम्म चल्नेछ ।

प्रकाशित समय : १२:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु