global ime bank Long Banner Ad

गृहपृष्ठ यू–१९ एसिया कपका लागि नेपाली टोलीको टुंगो

यू–१९ एसिया कपका लागि नेपाली टोलीको टुंगो

यू–१९ एसिया कपका लागि नेपाली टोलीको टुंगो

एसीसी अन्डर नाइन्टिन एसिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा गरिएको छ ।

आसिफ शेखको कप्तानीमा १५ सदस्यीय खेलाडी छनोट भएका छन् । कमलसिंह ऐरी, रोहितकुमार पौडेल, रवि शाह, नन्दन यादव, रित गौतम र पवन सर्राफ पनि टोलीमा छन् । यस्तै, टोलीमा रविन्द्रजंग शाही, राशिद खान, भिम शार्की, त्रितराज दास, सुन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र सुर्य तामाङ पनि अटाएका छन् ।

केही दिनअघि मात्रै राष्ट्रिय टिमबाट सन्यास लिएका शक्ति गौचनले यू–१९ टिमको म्यानेजरको रुपमा काम गर्नेछन् । मुख्य प्रशिक्षकमा विनोद दास छन् भने साहयक प्रशिक्षण मनोज कटुवालले गर्नेछन् ।

एसिया कप सेप्टेम्बर २९ तारिखदेखि अक्टोबर ७ तारिखसम्म बंगलादेशमा हुँदैछ । नेपाली टोली बिहीबार बंगलादेश जादैछ ।

प्रकाशित समय : १३:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु