गृहपृष्ठ साँखुमा हजार लिटर अवैध मदिरा नष्ट
साँखुमा हजार लिटर अवैध मदिरा नष्ट
महानगरीय प्रहरी प्रभाग साँखुले मंगलबार साँझ एक हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
शंखपुर र कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न वडा तथा बजारमा प्रहरीले चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने अन्य सामाग्री नष्ट गरेको हो ।
लुकाइछिपाइ विभिन्न भाडाका सवारीसाधन तथा मोटरसाइकलमा साँखु हुँदै काठमाडौँ भित्र्याउने क्रममा रहेको मदिरा बरामद गरिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।
घरेलु हिंसा र समाजमा हुने गरेका विभिन्न आपराधिक गतिविधिको रोकथामका लागि मदिराको अवैध निर्यात रोक्न नियमित जाँच गर्दै आएको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।
प्रकाशित समय : १५:०३ बजे



















