गृहपृष्ठ दाइजो नल्याएको निहुँ : श्रीमतीमाथि ताताे फलाम प्रहार
दाइजो नल्याएको निहुँ : श्रीमतीमाथि ताताे फलाम प्रहार
रुपन्देहीमा दाइजो नल्याएको भन्दै एक महिलामाथि चरम यातना दिइएको छ । सांस्कृतिक नगरपालिका वडा ७ भैसहिया निवासी २३ बर्षीया अमरावती तेलीलाई उनका श्रीमान, सासु र ससुराले तातो फलामको रड प्रयोग गरि सामूहिक रुपमा शरीरको संवेदनशील अंगमा डामेर गम्भीर घाईते बनाएका छन ।
गम्भीर घाईते यादवलाई प्रहरीले उद्धार गरेर मेडिकल कालेज भैरहवामा उपचार गरिरहेको छ । पीडित पक्षले दिएको किटानी उजुरीको आधारमा प्रहरीले उनको श्रीमान २४ बर्षीय गोबिन्द तेली ससुरा ६५ बर्षीय मेघातेली र सासु समेतलाई कारबाही प्रक्रिया अगाडी बढाएको छ ।
उनको एक बर्षअघि विवाह भएको थियो । विवाहपछि दाईजोको विषयलाई लिएर ती दम्पतीबीच मनमुटाव भएको लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले बताए ।
प्रकाशित समय : ००:२४ बजे



















