गृहपृष्ठ वीरगञ्ज पुगेर रामचन्द्र पौडेलले भने– संविधान संशोधन त हुनैपर्छ
वीरगञ्ज पुगेर रामचन्द्र पौडेलले भने– संविधान संशोधन त हुनैपर्छ
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान संशोधन गर्न सरकारसँग माग गरेका छन् । लोकतन्त्रलाई बलियो बनाउनका लागि पनि संविधान संशोधन आवश्यक रहेको उनको तर्क छ ।
नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन समितिद्वारा शुक्रबार वीरगञ्जमा आयोजित दुई दिने विधान संशोधन एवं सुझाव संकलनसम्बन्धी प्रदेशस्तरीय भेलामा नेता पौडेलले संविधान संशोधनबारे बोलेका हुन् । ‘संविधान संशोधन गर्दा लोकतन्त्र बलियो हुन्छ, त्यसैले म यसमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ पौडेलले भने ।
उनले पार्टीको विधान संशोधन पनि अहिलेको आवश्यकता रहेको प्रष्ट पारे । ‘पार्टीलाई सबल र सक्षम बनाउन विधान संशोधन आवश्यक छ,’ उनले भने, ‘संघीयता र समावेशीतालाई ध्यानमा राखी विधान संशोधन गर्न लागिएको हो ।’
प्रकाशित समय : ००:३७ बजे



















