global ime bank Long Banner Ad

गृहपृष्ठ चर्कियो अमेरिका–चीन व्यापार युद्ध

चर्कियो अमेरिका–चीन व्यापार युद्ध

चर्कियो अमेरिका–चीन व्यापार युद्ध

अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले चिनीयाँ सामानमा थप दुई सय अर्ब डलर बराबरको कर बढाउने घोषणा गरेका छन् ।

करवृद्धि अर्को सातादेखि लागू हुने बताइएको छ । यो सँगै हाते झोलादेखि साइकलका टायरसम्मको मूल्य वृद्धि हुनेछ । ट्रम्पले यसअघि नै ५० अर्ब डलर बराबरका चिनीयाँ सामाग्रीमा २५ प्रतिशतसम्म कर बढाइसकेका छन् ।

चीनले पनि प्रतिशोध स्वरुप केही अमेरिकी सामानमा कर बढाएको छ । चीनले पनि थप ६० अर्ब डलर बराबरका सामानमा कर बढाउने चेतावनी दिइसकेको छ । चीनले प्रतिकार गरे थप दुई सय अर्बभन्दा बढी मूल्य बराबरका सामानमा कर लगाउने ट्रम्पले चेतावनी दिएका छन् ।

प्रकाशित समय : ०२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु