गृहपृष्ठ प्रदेश ७ मा धुमधामका साथ मनाइयो संविधान दिवस
प्रदेश ७ मा धुमधामका साथ मनाइयो संविधान दिवस
प्रदेश ७ मा संविधान दिवस धुमधामका साथ मनाइएको छ । प्रदेश ७ मूल आयोजक समितिको आयोजनामा संविधान दिवस मनाइएको हो । दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ब्याण्डबाजा र झाँकीसहित ¥यालीको आयोजना गरिएको थियो ।
मुख्य समारोह कवर्डहलमा आयोजना गरिएको थियो । सो क्रममा विभिन्न झाँकीका साथै खेलकुद प्रदर्शन गरिएको थियो । कार्यक्रमा प्रदेश प्रमुख मोहनराज मल्ल सहित मुख्यमन्त्री त्रिलोचन भट्ट, मन्त्री, सांसद, प्रमुख सचिव, सचिव, सुरक्षा अधिकारी लगायतको सहभागितो थियो ।
आजै प्रदेश प्रमुखले चियापानको आयोजना गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसको अवसरमा हिजो साँझ दीपावली गरिएको थियो ।
प्रकाशित समय : १६:४७ बजे



















