गृहपृष्ठ कालो दिवस मनाउन खोज्ने ५० जना पक्राउ
कालो दिवस मनाउन खोज्ने ५० जना पक्राउ
जनकपुरमा संविधान दिवसलार्इ कालो दिवसका रूपमा मनाउन खोज्ने ५० जनालार्इ प्रहरीले पक्राउ गरेको छ । सिके राउतका स्वकीय सचिव सत्यनारायण मण्डलसहितका ५० जनालार्इ प्रहरीले जनकपुरका विभिन्न चोकबाट पक्राउ गरेको हो ।
प्रदेश २ सुनसान
मधेसी दल राष्ट्रिय जनता पार्टी (राजपा) लगायत अन्य केही उच्छृंखल तत्वको अराजक गतिविधिका कारण संविधान दिवसका दिन प्रदेश २ सुनसान छ । अन्य ६ वटै प्रदेशमा धुमधामका साथ राष्ट्रिय दिवस मनाइरहँदा प्रदेश २ सरकारमा सहभागी दल राजपाकै अनैतिक क्रियाकलाप र दोहोरो चरित्रका कारण मधेसी जनताले संविधान दिवसको उल्लासमय वातावरणभन्दा बाहिर रहनुपरेको बताएका छन् ।
संविधानअनुसार देश र जनताको विकासमा प्रतिबद्ध रहने सपथ लिएको राजपा नै संविधानको विरोधमा उत्रिनुलार्इ विश्लेषकहरूले अनैतिक भनेका छन् ।
प्रकाशित समय : १६:५९ बजे



















