काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयरमा १८ अर्बको आवेदन

10.52K
shares

पछिल्ला दिनमा साधारण सेयरमा आवेदन दिने नेपालीको संख्यामा उल्लेख्य वृद्धि भएको पाइएको छ । लगातार सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको तथा सेयरबाट राम्रो फाइदा हुन्छ भन्ने देखेपछि प्राथमिक बजारमा लगानी गर्नेहरुको संख्यामा वृद्धि भएको पाइएको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरको आवेदन दिने आज अन्तिम दिन साँझसम्म कूल १५ लाख २६ हजार बराबरको आवेदन परेको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदनको मूल्यांकन भने गर्न बाँकी रहेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले दिएको प्रारम्भिक जानकारीअनुसार कूल सात अर्ब ५८ करोड रूपैयाँको साधारण सेयरमा झण्डै १८ अर्ब नौ करोड ८५ लाख ८० हजार रूपैयाँ बराबरको आवेदन परेको हो । बैंक तथा वित्तीय संस्थामा प्रत्यक्ष आवेदन दिनेको संख्या केही थपिन सक्ने बताइएको छ ।

सो बैंकको साधारण शेयरमा १५ लाख २६ हजार ५२७ वटा आवेदन परेको हो । बिक्री प्रबन्धकका अनुसार १८ करोड नौ लाख ८५ हजार ८०० कित्ताको लागि माग आएको छ । कम्पनीले सर्वसाधारणतर्फ सात करोड ५८ लाख ४० हजार कित्ता शेयर बिक्री गरेको हो । यस्तै एक लाख ६० हजार कित्ता कर्मचारीको लागि र ४० लाख कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको थियो । साधारण सेयर यही माघ २ गतेदेखि आजसम्म बिक्री गरिएको हो । पूर्वाधारको क्षेत्रमा लगानी गर्ने उद्देश्यका साथ सो बैंकको अहिले साधारण सेयर बिक्रीपछि चुक्ता पुँजी २० अर्ब रूपैयाँ पुग्ने छ ।