काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

आइएमई डिजिटल र नेपाल बंगलादेश बैंकबीच सम्झौता

14.76K
shares

आइएमई ग्रुपद्वारा प्रवर्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेडबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई डिजिटलका प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंकका प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले सोमबार हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपाल बंगलादेश बैंक ‘आइएमई डिजिटल’को बैंकिङ साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीले चाँडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै, नेपाल बंगलादेश बैंकका सेवाग्राहीले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।

१६ हजारभन्दा बढी एजेन्ट आउटलेट सञ्जाल भएको आइएमई पे, आइएमई समूहअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरायसी तथा कार्यालयका बिल भुक्तानी गर्ने कार्यमा सहयोग गर्छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ सुविधा प्राप्त नेपालीलाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।