अर्थमन्त्रीद्वारा गठित समितिले तयार पार्यो प्रतिवेदन
वि.सं.२०७५ मंसिर २७ बिहीवार १८:२४
shares

मुद्रा तथा पुँजी बजारको समस्या र समाधानको उपाय खोज्न अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको समितिले सुझाव प्रतिवेदन तयार पारेको छ । विद्यमान समस्या समाधानका लागि सरकारले हस्तक्षेप गर्नुपर्ने सुझावसहितको प्रतिवेदन समितिले तयार पारेको स्रोतले जनाएको छ । मंसिर तेस्रो साता अर्थमन्त्री डा. युवराज खतिवडाले गठन गरेको यो समितिलाई दिइएको समयसीमा शुक्रबार सकिँदैछ । ‘प्रतिवेदन करिब करिब तयार भइसकेको छ,’ समितिका एक सदस्यले भने, ‘आज फाइनल गरेर साँझ वा शुक्रबार बिहान अर्थमन्त्रीलाई बुझाउने तयारी छ ।
समितिले बैंकहरुको पुँजीगत लागत ८९ प्रतिशतमा सीमित गराउन र कर्जाको व्याजदर १२ प्रतिशतमा कायम राख्न सरकारलाई सुझाएको छ । बचत, मुद्दती र ऋणको व्याजदरमा अधिकतम सीमा तोक्न समितिले सुझाव दिएको बुझिएको छ ।
समिति संयोजकमा राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ छन् भने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव, बैंकर्स संघ, लगानीकर्ताका प्रतिनिधि सदस्य छन् ।

























