काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राम-जानकी विवाह पञ्चमी महोत्सव सम्पन्न : श्रीरामका वरियाती फर्किए

16.32K
shares

जनकपुरमा साप्ताहिक रुपमा आयोजित राम-जानकी विवाह पञ्चमीको अन्तिम दिन बिहीबार जन्तीलाई विदाई (रामकलेवा) कार्यक्रम गर्दै सम्पन्न गरिएको छ ।

जानकी मन्दिरको प्राङ्गणमा आयोजित रामकलेवा कार्यक्रममा भारतको अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्त, श्रीराम भगवानको प्रतीकको रुपमा आएका राम, लक्ष्मण, भरत, शत्रुघ्नलाई समेत मिथिलाको भोजन गराउँदै उपहारका साथ हर्षउल्लास वातावरणका साथ विदाई गरिएको छ ।

ram_janaki3_newskarobar

राम-जानकी विवाह पञ्चमी महोत्सवमा भारतको अयोध्याबाट पाँच सयको संख्यामा विभिन्न मठ मन्दिरका साधुसन्तहरु जनकपुर आएका थिए । बिहीबारमा मिथिलाको परम्पराअनुसार दिवा भोजन गराएर जन्तीलाई सम्मानका साथ विदाई गरिएको राम-जानकी विवाह महोत्सवका अध्यक्ष एवम जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए ।

रामकलेवा सम्पन्न भएसँगै राम-जानकी विवाह पञ्चमीको साप्ताहिक कार्यक्रमको औपचारिक रुपमा समापन गरिएको छ ।

महोत्सवलाई शान्तिपूर्ण वातावरणमा हर्षउल्लासपूर्वक मनाउन सहयोग गर्ने सम्पूर्ण नगरबासी, विभिन्न संघ संस्था, सम्बन्धित सरोकारवालालगायत सञ्चारकर्मी र श्रद्धालुभत्तजनहरुलाई आयोजकको तर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दासले धन्यवाद समेत व्यक्त गरेका छन् ।

ram_janaki_newskarobar