राष्ट्रपतिको विरोध गरिएको कार्यक्रमको फोटो खिच्दा पत्रकार पक्राउ
वि.सं.२०७५ मंसिर २८ शुक्रवार ००:५४
shares

समाचार संकलनका क्रममा राष्ट्रपति कार्यालयको फोटो खिच्दै गर्दा देशसञ्चार डटकमकी फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रेस पास झुण्ड्याएर तस्बिर खिचिरहेको अवस्थामा शाहलाई पक्राउ गरिएको देशसञ्चारले जनाएको छ ।
‘प्रेस पास झुण्ड्याएर तस्बिर खिचिरहेको बेला शाहलाई प्रहरीले नियन्त्रणमा लिएको हो,’ देश सञ्चारले पत्रकार पक्राउबारे लेखेको छ, ‘सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई नियन्त्रणमा लिइएको हो ।’
फोटो पत्रकार क्लबको भ्रत्सना
शाहलार्इ समाचार संकलनका क्रममा प्रहरीले पक्राउ गरेको भन्दै फोटो पत्रकार संघले भ्रत्सना गरेको छ । ‘देश सञ्चारकी फोटो पत्रकार बर्षा शाह राष्ट्रपति कार्यालय शितल निवास बाहिर समाचार संकलनका क्रममा बिहीबार अपराह्न प्रहरीले गिरफ्तार गरेको घटनाप्रति फोटो पत्रकार क्लब, नेपाल घोर भत्सर्ना गर्दै शाहलाई विना शर्त तत्काल रिहा गर्न माग गर्दछ ।’ क्लबद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

























