गृहपृष्ठ धनुषाधामको विकास हुनुपर्नेमा उद्योगमन्त्री मातृका यादवको जोड

धनुषाधामको विकास हुनुपर्नेमा उद्योगमन्त्री मातृका यादवको जोड

धनुषाधामको विकास हुनुपर्नेमा उद्योगमन्त्री मातृका यादवको जोड

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले ऐतिहासिक धार्मिक स्थल धनुषाधामको विकास र संम्बर्द्धन हुनुपर्नेमा जोड दिएका छन् । वर्षौं पुरानो रामायणकालीन महत्व बोकेका धनुषाधामको विकास र संरक्षण सम्बर्द्धन अपेक्षाकृत रूपमा हुन नसकेकोमा मन्त्री यादवले दुःख व्यक्त गरे ।

वर्षौंसम्म धनुषाधामको विकास हुन नसके पनि अब धनुषाधामको विकासलाई कसैले रोकेर नरोकिने मन्त्री यादवको भनाई थियो । धनुषाधामको एकिकृत विकासका लागि सम्पूर्ण सहयोग गर्न आफू तयार रहेको उनको भनाई थियो ।

धनुषाधाम उद्योग वाणिज्य संघ, धनुषाधामको कार्यालय उदघाटन गर्दै मन्त्री यादवले धनुषाधामको विकासका लागि भाषण गरेर मात्र नभई विकास गरेर जनताको भावनालाई कदर गर्नुपर्ने समय आएको बताए । जनतालाई विकासको अनुभूति हुने योजना ल्याएर काम गर्न सरकारको तर्फबाट हुने सम्पूर्ण सहयोगको लागि आफू तत्पर रहेको उनले बताए ।

कार्यक्रममा नेकपाका प्रदेश-२ का सांसद रामचन्द्र मंडलले धनुषाधाम धार्मिक, ऐतिहासिक पुरानो ठाउँ भएको उल्लेख गरे । जनकपुरपछि धनुषा जिल्लाकै प्रमुख धार्मिक स्थल धनुषाधामको विकास लागि प्रदेश सरकार गम्भीर रहेको उनको भनाई थियो ।

कार्यक्रममा नेकपाकै प्रदेश सांसद किशोरी साह (कमल)ले धनुषाधामको विकासका लागि यहाँका जनप्रतिनिधीहरुको सक्रियता आवश्यक रहेको बताए ।

प्रकाशित समय : ००:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु