गृहपृष्ठ नुवाकोटस्थित दुप्चेश्वरमा मिनीट्रक दुर्घटना, मानवीय क्षतीको आशंका
नुवाकोटस्थित दुप्चेश्वरमा मिनीट्रक दुर्घटना, मानवीय क्षतीको आशंका
नुवाकोटको दुप्चेश्वर गाउँपालिका घ्याङफेदीमा शुक्रबार मिनिट्रक दुर्घटना भएको छ । अनुमानित ४० जना यात्री बोकेर दुप्चेश्वर गाउँपालिकाको सिसिपु जाँदै गरेको मिनिट्रक घ्याङडाँडाको भीरबाट करिब ४०० मिटर तल खसेको स्थानीयले बताएका छन् ।
प्रहरी टोली दुर्घटना स्थलतर्फ गएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा मानवीय क्षती भएको हुन सक्ने अनुमान गरिएको छ । शिखरबेसीस्थित घ्यावामा गएर फर्किएकाहरु दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा घाइते भएकाको उद्धारका लागि प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाबारे बृस्तृत जानकारी आउनब बाँकी छ ।
प्रकाशित समय : ००:३१ बजे


















