काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

२५ मेगावाटको दरवाङ म्याग्दी जलविद्युत आयोजनाको शिलान्याश

11.03K
shares

म्याग्दीको म्याग्दी खोलामा निर्माण हुने २५ मेगावाटको जलविद्युत आयोजनाको शिलान्याश भएको छ । आयोजनाको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र धौलागिरि कालिका हाइड्रोका अध्यक्ष विनोद कुँवरले दरबाङमा आयोजित एक कार्यक्रमबीच शिलान्याश गरेका छन् ।

५ अर्ब १४ करोड कुल लगानी रहने परियोजनामा सानिमा बैंकको नेतृत्वमा बैंकहरुले ३ अर्ब ५० करोड ऋण लगानी गरेका छन् । बाँकी १ अर्ब ६४ करोडको इक्विटी सेयर रहनेछ । परियोजनामा निर्माण समयमै ३० प्रतिशत सेयर सर्वसाधारणका लागि जारी गरिनेछ ।

परियोजनामा स्थानीयका साथै म्याग्दीमा जन्मिएर प्रवासमा रहेका लगानीकर्ताको बाहुल्य छ । एनआरएनए हङकङ समूह, काठमाडौं म्याग्दी इन्भेष्टमेण्ट कम्पनी र ग्लोवल फ्रेन्डसिप क्यापिटल लिमिटेड मुख्य प्रवद्र्धक रहेको परियोजनामा एनआरएनएका एसिया प्रशान्त उप–संयोजक विनोद कुँवर अध्यक्ष छन् ।

सन् २००७ मा स्थापना भएको धौलागिरी कालिका हाइड्रो कम्पनीले म्याग्दी खोलामा २५ मेगावाटको जलविद्युत परियोजना तीन वर्ष ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोे छ । पानीको बहाव ३१.४ घनमिटर प्रतिसेकेण्ड रहेको आयोजनाको ग्रस हेड १०४ मिटर छ । दरबाङको माथि देवीस्थानबाट ड्याम निर्माण गरी खोलाको पानीलाई ५ किमी सुरुङ मार्गबाट रातोढुंगामा पुर्याएर २०० मिटरको पेनस्टक पाइपबाट पावरहाउसमा झारी विद्युत उत्पादन गरिनेछ । पावर हाउस र इन्टेकसम्म नै सडक पहुँच रहेको परियोजनाको उत्पादित विद्युत १४ किलोमिटर लामो १३२ केभी ट्रान्समिसन लाइन हुँदै प्रस्तावित डाँडाखेत सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।