काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजार १४ अंकले घट्यो, कारोबार रकममा वृद्धि

13.21K
shares

सेयर बजार परिसूचक नेप्से मंगलबार १४ अंकले घटेको छ । आइतबार र सोमबार गरी ३४ अंक बढेको बजार मंगलबार अल्पकालीन लगानीकर्ताले नाफा बुक गर्न थालेपछि १४.६१ अंकले ओरालो लागेको हो ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । मंगलबार १५९ कम्पनीको ५३ करोड २३ लाख रुपैयाँबराबरको १४ लाख ७८ हजार ७२४ कित्ता सेयर किनबेच भएको छ । यो सोमबारको तुलनामा करिब ११ करोड धेरै हो । सोमबार ४२ करोडबराबरको सेयर कारोबार भएको थियो ।

घटेको बजारमा पनि उत्पादनमूलक र अन्य समूह उकालो लागेको छ । समिट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशत बढेको छ भने सिभिल लघुवित्त, मिथिला सहयात्रा माइक्रोफाइनान्स लगायत कम्पनीका लगानीकर्ताले कमाएका छन् ।