काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यस्तो छ संघीयता कार्यान्वयनको टाइमलाइन

14.66K
shares
  • पुस मसान्तभित्र वित्त आयोग बनाइने
  • माघभित्र प्रदेश अधिकार सूची र कार्य जिम्मेवारी अनुसार हन्तान्तरण हुन बाँकी संगठन संरचना हस्तान्तरण हुने
  • अरु कानुन चैत मसान्त बनाइसक्ने
  • पुस मसान्तभित्र कर्मचारी समायोजन गरिसक्ने
  • माघ मसान्तभित्र रिक्त पदको माग आकृति फारम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने ।

अन्तर प्रदेश समन्वय परिषदले संघीयता कार्यान्वयनका लागि गर्नुपर्ने बाँकी कामहरुको कार्ययोजना बनाएको छ । सोमबार बसेको परिषदको बैठकले कार्ययोजना बनाएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले पेश गरेको संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना बैठकले पास गरेको सरकारका प्रबक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

‘पुस मसान्तभित्र वित्त आयोग बनाइनेछ, माघभित्र प्रदेशको अधिकार सूची र कार्य जिम्मेवारीअनुसार हन्तान्तरण हुन बाँकी संगठन संरचना हस्तान्तरण हुनेछ, अरु कानुन चैत मसान्तसम्म बनाइसक्ने कार्ययोजनामा छ, यसरी संघीयता कार्यान्वयनको कार्ययोजना बनाइएको छ,’ बास्कोटाले जानकारी दिए ।

साथै पुस मसान्तभित्र कर्मचारी समायोजन गरिसक्ने कार्ययोजना छ । समायोजन प्रक्रिया र केन्द्रीय पुल व्यवस्थाबाट खटाउँदा पनि पदपूर्ति हुन नसकेमा मात्र स्वीकृत प्राविधिक दरबन्दीको पदमा स्थायी पदपूर्ति भएपछि स्वतः हट्ने गरी मापदण्ड बनाई करारमा कर्मचारी लिन सक्ने व्यवस्था पनि गरिएको छ ।

कर्मचारी समायोजन सम्पन्न भएपछि प्रदेशको रिक्त दरबन्दी पूर्ति गर्न प्रदेश लोकसेवा आयोग गठन नभएसम्मको लागि प्रदेश सरकारको अनुरोधमा लोकसेवा आयोगबाट पदपूर्ति प्रक्रिया अगाडि बढाउने कार्ययोजना पनि बनेको छ ।

माघ मसान्तभित्र रिक्त पदको माग आकृति फारम मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले भरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने कार्ययोजना पनि बनेको छ ।