पुस ५ देखि लुम्बिनीमा अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने
वि.सं.२०७५ पुस ४ बुधवार ०१:१४
shares

‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका रुपन्देही व्यापार संघ बुटवलको आयोजनामा यही पौष ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना हुने भएको छ ।
व्यापार संघका अध्यक्ष तथा मूल संयोजक पदक प्रसाद श्रेष्ठले मेलाको सबै तयारी पूरा भएको जानकारी दिए । मेला बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले पश्चिम क्षेत्रकै प्रमुख व्यापारिक केन्द्र बुटवलमा व्यापारलाई आधुनिकीकरण, विशिष्टिकरण गर्ने मुख्य उद्देश्यले मेला आयोजना गरिएको बताए ।
लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि ६०० स्टल राखिने जनाइएको छ । एक्स्पो स्थलमा १२ वटा पेभेलियन निर्माण गरी प्रत्येक पेभेलियनमा फरक फरक प्रकृतिका स्टलहरु सहभागी गराइएको आयोजकले जनाएका छन् । एक्स्पोमा सहभागी स्टलहरुमध्येबाट फरक–फरक विधाका उत्कृष्ट स्टललाई पुरस्कृत गर्ने कार्यक्रम समेत राखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

























