काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

साताभरमा नेप्से १७ अंक बढ्यो, सवा २ अर्बको कारोबार

10.43K
shares

सेयर बजार परिसूचक नेप्से साताभरमा १७ अंक बढेको छ । आइतबार र सोमबार दुई दिनमै ३४ अंक बढेको बजार मंगलबार र बुधबार दुई दिनमा २० अंक ओरालो लागेको थियो । साताको अन्तिम दिन बिहीबार ३.२८ अंकले बढेर ११६५.९७ अंकमा पुगेको छ ।

नप्सेसँगै कारोबार रकममा उत्साहजनक वृद्धि भएको छ । यो साता २ अर्ब २२ करोडभन्दा बढीको कारोबार भएको छ । यो कारोबार रकम गत साताको भन्दा करिब ६० करोड धेरै हो । गत साता १ अर्ब ६३ करोडको सेयर किनबेच भएको थियो ।

share-bazar-thursday5-newskarobar

बिहीबार बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बिमा, जीवन बिमा र लघुवित्त समूह बढेका छन् भने व्यापार, होटल, वित्त र अन्य समूह घटेका छन् । बिहीबार ४२ करोडको सेयर कारोबार भएको छ ।