काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउँछौ : मुख्यमन्त्री

6.18K
shares

‘स्वरोजगार र आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म ब्यापार बिस्तार’ भन्ने मूल नाराका साथ बिहीबारबाट बुटवलमा लुम्बिनी एक्स्पो- २०१८ अन्तर्राष्ट्रिय ब्यापार मेला सुरु भएको छ ।

बिहीबार मुख्यमन्त्री शंकर पोखरेलले एक समारोहबीच एक्स्पोको उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुटवललाई नेपालकै आर्थिक राजधानी बनाउँने ढंगले प्रदेश सरकारले तयारी गरिरहेको जानकारी दिए ।

प्राईम लोकेसन भएर पनि बुटवलमा ब्यवसायिक संरचना नभएको भन्दै उनले बुटवलका घरहरु अब ब्यवसायिक कम्प्लेक्सका रुपमा बन्नु पर्ने बताए ।

सपना देखेपछि मात्र सफलता हात लाग्ने उल्लेख गर्दै बुटवलमा पनि घरघरमा हजारौं केपी ओली जन्मनु पर्ने बताए । प्रधानमन्त्री केपी ओलिको सपनाले छिटै सार्थकता पाउने दाबी गर्दै मुख्यमन्त्री पोखरेलले यसै आर्थिक वर्षभित्र लुम्बिनीबाट रेल मार्गको काम सुरु हुने बताए ।

कार्यक्रममा बोल्दै आयोजक रुपन्देही ब्यापार संघका अध्यक्ष पदम श्रेष्ठले मेला महोत्सवकै लागि अस्थायी संरचनाका कारण करोडौं खर्च भइरहेको भन्दै स्थायी संरचनाका लागि सबैले पहल गर्न माग गरे ।

बुटवलमा स्थायी प्रदर्शनी स्थल नभएका कारण हरेक वर्ष मेलाका लागि लाखौं खर्च हुने गरेको छ । कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदुत स्वप्न स्वरा, राष्ट्रियसभामा नेकपाका सचेतक खिमलाल भट्टराई लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।