काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल जेसिजको ४५ औं महाधिवेशन शनिबार सुरू हुने

21.67K
shares

‘हो हामी चम्किन्छौं, थप जिम्मेवारीका साथ’ भन्ने मूल नाराका साथ जनकपुरमा पुस ७ गतेदेखि १० गतेसम्म हुन लागेको जेसिजको ४५ औं महाधिवेशनका लागि देशभरिका जेसीजकर्मीहरु जनकपुरमा भेला भएका छन् । जेसिजको महाधिवेशन चौथौ पटक जनकपुरमा हुन लागेको हो ।

यसअघि सन् १९९७, १९९३ र २००३ गरी तीन पटक जेसिजका महाधिवेशन जनकपुरमा भइसकेका छन् । जकपुरमा हुन लागेको यो जेसिजको चौथो महाधिवेशन हो । जनकपुरधामको धार्मिक, सांस्कृतिक, र मौलिक परम्परासँगै यसको पर्यटकीय पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले जेसिजको ४५ औं महाधिवेशन जनकपुरमा गर्न लागेको जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बताए ।

जनकपुरमा ४ दिन सम्म चल्ने महाधिवेशनमा सेमिनार, विभिन्न प्रशिक्षण, उत्प्रेरक मन्तव्य लगायतका कार्यक्रम हुनेछन् । साथै नयाँ कार्यसमिति चयन गर्दै उम्मेदवार प्रशिक्षण तथा अन्तर्वार्ता उम्मेवारहरुको ककस, साधारणसभा, वक्तृत्वकला प्रतियोगिता, जुनियर जेसिज, सिनेटर मिटिङ गरिनुको साथै वैदेही स्मारिका प्रकाशन गरिने महाधिवेशन निर्देशक जेसिज सन्तोष कुमार साहले जानकारी दिए ।

जेसिजको ४५ आंैं महाधिवेशनका लागि नेपाल भरका १ एक ५१ शाखाबाट २ हजार प्रतिनिधिहरु जनकपुर आएका छन् । शनिबार बेलुका ४ बजे पूर्व राष्ट्रपति डा. रामवरण यादवले गर्ने आयोजकले जनाएको छ ।

महाधिवेशनबाट नेपालको विभिन्न क्षेत्र र विद्यामा योगदान पुर्याउने जेसिजका सदस्यबाहेक १० जना युवालाई पुरस्कार दिने घोषणा गरेको छ ।