काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रुपन्देही : सबै घरमा शौचालय

12.81K
shares

रुपन्देहीमा २०६४ सालदेखि थालिएको खुला दिसामुक्त अभियान रुपन्देहीले पूर्णता पाएको छ ।
रुपन्देहीका १ लाख ६३ हजार ८ सय ६३ घरधुरीमा शौचालय निर्माण भएका छन् ।

शौचालय नभएका ५५ प्रतिशत घरमा शौचालय निर्माण गरिएपछि सरसफाइको क्षेत्रमा थालिएको अभियानले ११ वर्ष पछि पूर्णता पाएको हो ।

अभियान सुरु गरेपछि ९० हजार १ सय ९ वटा घरमा शौचालय बनाइएको खानेपानी तथा सरसफाई डिभिजन कार्यलयका प्राविधिक ईश्वरी प्रसाद आचार्यले जानकारी दिए ।

रुपन्देहीमा २०६८ सालदेखि सरसफाइ गुरुयोजना आरम्भ गरिएको हो ।

लुम्बिनीमा आयोजना गरिएको कार्यक्रममा प्रदेश–५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरे । प्रदेशमा प्युठान पहिलो पटक खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।

योसँगै रुपन्देही खुल्ला दिसामुक्त हुने ६१ औं जिल्ला भएको छ । रुपन्देहीमा ०६४ सालदेखी सरसफाइ अभियान चलेको भए तापनि पहिलो पटक ०६७ माघ १५ मा साविकको शंकरनगर गाविस खुल्ला दिसामुक्त क्षेत्र भएको थियो भने सबैभन्दा पछि ०७४ चैत्र १९ मा लुम्बिनी साँस्कृतिक नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको थियो ।

एक घर एक चर्पी योजना अनुसार जिल्लामा सबै घुरधुरीले शौचालय बनाएको पश्चिमाञ्चल ग्रामिण खानेपानी सरसफाईका विपिन पौडेलको भनाइ छ ।