इन्डोनेशियामा सुनामी, ४३ जनाको मृत्यु
वि.सं.२०७५ पुस ८ आइतवार १६:२५
shares

इन्डोनेशिया एकपटक फेरि सुनामीको चपेटामा परेको छ । अधिकारीहरुका अनुसार यसबाट कम्तिमा ४३ जना मारिएका छन् । जावा र सुमात्रामा केही समुद्री तटका पानीले विध्वंस मच्चाएको छ ।
सुनामीका कारण कम्तिमा ६०० मानिस घाइते भउका छन् भने कैयौं बेपत्ता छन् । प्रभावित क्षेत्रमा अहिले पनि आपतकालीन सेवा पुर्याउन कोशिस भइरहेको छ । इन्डोनेशियाको सन्डा स्ट्रेट (खाडी) स्थित तटीय क्षेत्रमा दर्जनौं मानिस मारिएका बीबीसीले उल्लेख गरेको छ ।
देशको संकट व्यवस्थापनसम्बन्धी निकायका अनुसार दर्जनौं सम्पदाहरुमा नोक्सान पुगेको छ । क्रेकाटोआ ज्वालामुखी विस्फोट भएपछि समुन्द्रको भित्र भूस्खलन भएको र सोही कारण सुनामी आएको अनुमान गरिएको छ ।
सबैभन्दा बढी पन्डेग्लांग, दक्षिणी लांपुंग र सेरांग क्षेत्रमा मानवीय क्षति भएको छ । अधिकारीहरुका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

























