काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

13.29K
shares

विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड- १९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुची परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । यस भाइरसको संक्रमणको कारण अमेरिकामा चार लाख २० हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

यद्यपि अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोना भाइरस विरुद्धको खोप कार्यक्रमलाई अगाडि बढाउने वाचा गरेका थिए । अमेरिकाको सम्पूर्ण जनसंख्यालाई खोप लगाउनु एक चुनौतीपूर्ण कार्य भएको र ट्रम्प प्रशासनबाट विरासतमा आएको यो कार्यक्रम अपेक्षा गरेको भन्दा खराब अवस्थामा भएको पनि उनले बताएका छन् ।

अमेरिकाले थप २० करोड डोज कोरोना भाइरसविरुद्ध खोप किन्दैछ र यसपछि लगभग ३० करोड अमेरिकीहरुलाई खोप दिन पर्याप्त हुने बाइडेनले बताएका छन् । कोरोना भाइरसको कारण बेलायतमा पनि एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको बेलायतको सरकारी माध्यमले जानकारी दिएको छ । विश्वभरी कोरोना भाइरस संक्रमणबाट २१ लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सात करोड २९ लाखभन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।