Nepalese Flag २०७८ वैशाख ५ गते आइतबार   |   April 18, 2021

देशभर थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना डिस्चार्ज

न्युज कारोबार काठमाडौं माघ १४, २०७७       

देशभर थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण गर्दा २८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार काठमाडौं उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १२२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना संक्रमित थपिएका हुन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २ सय ८६ रहेको छ । यसमध्ये १३९ जना  संक्रमितको आईसीयूमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ ।

सम्बन्धित खबरहरु