गृहपृष्ठ ‘आमाको शव १० वर्षसम्म फ्रिजमा लुकाउने’ जापानी महिला पक्राउ
‘आमाको शव १० वर्षसम्म फ्रिजमा लुकाउने’ जापानी महिला पक्राउ
जापानमा ‘कोठा छोड्नुपर्ने डर’ले आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाउने एक महिला पक्राउ परेकी छन् । आमाको मृत्यु भएको थाहा भएपछि आफूले घर छोड्नुपर्ने डरले फ्रिजमा राखेको बताउने ती महिला प्रहरीले शुक्रबार पक्राउ गरेको हो । योसनोलाई शुक्रबार टोकियो नजिकैको चिबा सहरको एउटा होटलबाट पक्राउ गरिएको बताइएको छ ।
४८ वर्षीया युमी योसिनोलाई आमाको मृत शरीर अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृत्यु हुँदा ती महिलाको उमेर ६० वर्ष रहेको हुनसक्ने र महानगरीय ‘हाउजिङ कम्प्लेक्स’मा उनकै नाममा कोठाहरू भाडामा लिएको पाइएको क्योदो न्युज एजेन्सीले जनाएको छ । शव फ्रिजमा फिट गर्न झुकाइएको अवस्थामा राखिएको थियो ।
योसिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो । त्यसपछि कोठा सरसफाइ गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेलापारेका थिए । शवको परीक्षण (अटोप्सी) बाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता नलागेको तर ती महिलाको शरीरमा देखिने खालको चोटहरू नभेटिएको प्रहरीले बताएको छ ।
प्रकाशित समय : १३:०२ बजे



















