global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

सिद्धार्थ बैँकको सञ्चालक समितिले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको १५ प्रतिशत लाभांश पारित भएको छ । बैँकको माघ १६ गते सम्पन्न १९औँ वार्षिक साधारण सभाले १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद प्रस्ताव पारित गरेको हो ।

बोनस वितरणसँगै ९ अर्ब ७८ करोड रहेको बैंकको चुक्ता पुँजी १० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । साधारण सभाबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहका तर्फबाट मनोजकुमार केडिया, नरेन्द्रकुमार अग्रवाल र राहुल अग्रवाल निर्विरोध निर्वाचित भएका छन् भने सर्वसाधारण सेयरधनी समूहबाट दिनेशशंकर पालिखे र अंकित केडिया निर्वाचित भए ।

प्रकाशित समय : १३:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु