global ime bank Long Banner Ad

गृहपृष्ठ नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

नक्कली नेपाली नोटसहित दुई जना पक्राउ

सशस्त्र प्रहरीले बेलौरी नगरपालिका ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । लालझाडी गाउँपालिका १ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट पचुँइबाट सीमा गस्तीमा निस्केको सशस्त्र प्रहरी नायब निरीक्षक केशवबहादुर चन्दको कमान्डमा रहेको टोलीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २ सय थान, नक्कली नोट हजार दरको पाँच थान, मोबाइल फोन दुई थान, नगद १६० रुपैयाँ, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए । पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीमा बुझाइएको छ ।

प्रकाशित समय : १३:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु