गृहपृष्ठ बैंक अफ काठमाण्डूको खाता खल्तीमा लिंक गर्दा सय रुपैयाँ बोनस
बैंक अफ काठमाण्डूको खाता खल्तीमा लिंक गर्दा सय रुपैयाँ बोनस
बैंक अफ काठमाण्डूका ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमा बैंक खाता लिंक गर्दा सय रूपैयाँ बोनस पाउने भएका छन् । ग्राहकले बैंकको खाता मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नासाथ तुरुन्तै सय रुपैयाँ नगद खातामा प्राप्त गर्नेछन् ।
खातामा लिंक गर्दा एकपटक मात्र बोनस सुविधा पाइनेछ । बैंकमा खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिङ सुविधा लिएको हुनुपर्छ । बैंक अफ काठमाण्डूमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु नपर्ने बैँकले जनाएको छ ।
प्रकाशित समय : १३:५० बजे

















