गृहपृष्ठ अधिकारकर्मीको पहलमा रोकियो बालविवाह
अधिकारकर्मीको पहलमा रोकियो बालविवाह
सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका ७ का प्रेमनाथ महतोकी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी १७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो ।
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलिरहेको प्रदेशमा नै नाबालिकाको विवाह हुन खोज्नु दुखद् भएको संस्थाकी सहसंयोजक अञ्जना पन्त कडरियाले बताइन् । बालिकाको घरको परिवारिक स्थिति नाजुक रहेकाले परिवारले विवाह गरिदिन लागेको बताइएको छ । बालिकाले विवाहभन्दा आफूले पढ्न चाहेको इच्छा व्यक्त गरेकी सहसंयोजक पन्तले बताइन् । (रासस)
प्रकाशित समय : १३:५७ बजे



















