global ime bank Long Banner Ad

गृहपृष्ठ गरिमा विकास बैंकका दुई कर्जा योजना सार्वजनिक, ब्याज ८.८८ प्रतिशत

गरिमा विकास बैंकका दुई कर्जा योजना सार्वजनिक, ब्याज ८.८८ प्रतिशत

गरिमा विकास बैंकका दुई कर्जा योजना सार्वजनिक, ब्याज ८.८८ प्रतिशत

गरिमा विकास बैंकले कर्जा प्रवाह रणनीतिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित दुई कर्जा सुविधा सार्वजनिक गरेको छ । बैंकले ‘गरिमा इजी एसएमई लोन’ र ‘गरिमा इजी होम लोन’ योजना सार्वजनिक गरेको हो ।

दुबै कर्जा सुविधा ८.८८ प्रतिशत ब्याजदरमा उपलब्ध हुने बैँकले जनाएको छ । ‘गरिमा इजी एसएमई लोन’ धितो मूल्यांकनको शतप्रतिशत र ‘गरिमा इजी होम लोन’ कर्जाको प्रकृति हेरी लागतको शतप्रतिशतसम्म प्रदान गर्न सकिने बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

ऋणीले अन्य बैंक तथा वित्तीय संस्थाबाट निःशुल्क कर्जा सार्न पनि सक्नेछन् । बैँकले दुबै कर्जाको सेवा शुल्कमा ५० प्रतिशतसम्म छुट सुविधा दिएको छ । ‘कोभिड १९ का कारण उत्पन्न विषम परिस्थितिका कारण बढ्दो बेरोजगारी तथा उद्यमशीलतामा ह्रास आएको अवस्थालाई मनन गर्दै सरल र सहज तवरबाट कम ब्याजदरमा कर्जा सुविधा दिन लागेका हौँ,’ सीईओ ढकालले भने । गरिमा विकास बैंकले १०६ शाखा कार्यालय र ५१ एटीएमबाट ग्राहकलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैँकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित समय : १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु