global ime bank Long Banner Ad

गृहपृष्ठ तनहुँको घिरिङमा एकैसाथ पाँचवटा खानेपानी आयोजना निर्माण सुरु

तनहुँको घिरिङमा एकैसाथ पाँचवटा खानेपानी आयोजना निर्माण सुरु

तनहुँको घिरिङमा एकैसाथ पाँचवटा खानेपानी आयोजना निर्माण सुरु

तनहुँको घिरिङ गाउँपालिका १ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १० करोड ६० लाख ६७ हजार ९०९ रुपैयाँ लागतमा पाँचवटा योजना निर्माण सुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर वामदेव पौडेलले जानकारी दिए ।

स्किम–१ अन्तर्गत कटहरेमा दुई करोड पाँच लाख ८३ हजार ११९, स्किम–२ अन्तर्गत पुट्टारमा दुई करोड १४ लाख ६८ हजार ६२१, स्किम–३ अन्तर्गत बैडीमा चार करोड आठ लाख १३ हजार ४२४, स्किम–४ अन्तर्गत भन्टारमा ५९ लाख १०४ र स्किम–५ अन्तर्गत अत्रौलीमा एक करोड ७३ लाख दुई हजार ६४० रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण हुनेछ ।

इन्जिनियर पौडेलका अनुसार बृहत् खानेपानी योजनाबाट कटहरेका ८६, पुट्टारका ८५, बैडीका २४२, भन्टारका ३९ र अत्रौलीका १४५ गरी ५९७ घरधुरी लाभान्वित हुनेछन् । सबै खानेपानी योजनामा स्थानीयले १० प्रतिशत श्रमदान गर्नुपर्नेछ । योजना निर्माणका लागि २०७७ असार २४ गते लमजुङको पराजुली कन्सट्रक्सन प्रालिले ठेक्का पाएको छ । सबै योजना सम्पन्न गर्नुपर्ने म्याद २०७९ असार २४ सम्म छ । (रासस)

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु