global ime bank Long Banner Ad

गृहपृष्ठ अपांगता भएकालाई ज्याकेट र ब्ल्यांकेट

अपांगता भएकालाई ज्याकेट र ब्ल्यांकेट

अपांगता भएकालाई ज्याकेट र ब्ल्यांकेट

दुई स्थानीय तहका अतिविपन्न शारीरिक अपांगता भएका व्यक्तिलाई चिसोबाट जोगाउने उद्देश्यले ज्याकेट र ब्ल्याङ्केट वितरण भइरहेको छ । सिबीएम नेपालको सहयोगमा स्रोत व्यवस्थापन तथा ग्रामीण सशक्तीकरण केन्द्र (रिमरेक) धुलिखेलले काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाका अपांगता भएका अतिविपन्न व्यक्तिलाई ज्याकेट र ब्ल्यांकेट वितरण गरेको हो ।

केन्द्रले भुम्लु गाउँपालिकाको १० वडाका १०० अपांगता भएका व्यक्तिलाई ब्ल्यांकेट प्रदान गरिसकेको छ । यसपछि मण्डनदेउपुरका अपांगता भएका व्यक्तिलाई ज्याकेट र ब्ल्यांकेट वितरण अभियान थालिएको केन्द्रका सचिव रमेश गौतमले जानकारी दिए । उनका अनुसार कोभिड–१९ प्रतिकार्य कार्यक्रमअन्तर्गत मण्डनदेउपुरका १२० अपांगता भएका व्यक्तिलाई नगरको साझेदारीमा ज्याकेट र ब्ल्यांकेट वितरण गर्ने कार्यक्रम रहेको छ ।

मण्डनदेउपुर नगर उपप्रमुख निर्मला शाहीले ज्याकेट र ब्ल्यांकेट वितरण कार्यक्रमको ९ नं वडाबाट उद्घाटन गर्दै संस्थाको सहयोगले अपांगता भएका व्यक्तिलाई राहत पुगेको बताए । ‘नगरले अपांगता पहिचान भएका सबैलाई वर्षेनी न्यानो कपडा दिने योजना बनाइरहेको छ,’ उनले भने ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु