गृहपृष्ठ तराई क्षेत्रमा बाक्लो हुस्सु, चिसोबाट बच्न महाशाखाको आग्रह
तराई क्षेत्रमा बाक्लो हुस्सु, चिसोबाट बच्न महाशाखाको आग्रह
अज देशको तराई भेगका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लागे पनि अपराह्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबैभन्दा धनगढीमा बढी चिसो छ । धनगढीको तापक्रम ४ डिग्री सेन्टिग्रेट छ भने नेपालगञ्जको ५, भैरहवामा ६, जनकपुरमा ८ र विराटनगरमा ६.६ डिग्री सेन्टिग्रेट तापक्रम रहेको छ । तराईका एक दुई स्थानमा बेलुकासम्म हुस्सु रहेने हुनाले चिसोपना बढ्ने र चिसोबाट बच्ने उपायहरु अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रकाशित समय : १७:३२ बजे



















