काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

धनगढी विमानस्थल : अधिग्रहण गरिएको जग्गामा स्तरोन्नतीको काम सुरु भएन

12.47K
shares

धनगढी विमानस्थलमा अधिग्रहण गरिएको जग्गामा स्तरोन्नतिको काम अझै सुरु हुन सकेको छैन । वर्षातको समयमा जग्गामा पानी जमेका कारण रोकिएको स्तरोन्नतीको काम अझै सुरु भएको छैन । तारबार र बाटो निर्माण जारी रहेकोमा वर्षातमा पानी जमेर रोकिएको काम सुरु हुन नसकेको हो । दशैं तिहारपछि कामले गति लिने अधिकारीहरुले बताएका छन् । काम सुरु भएमा अबको दुई महिनामा तारबारसँगै माटो भरान लगायतका सबै काम सम्पन्न गर्ने निर्माण कम्पनीको दावी छ । विमास्थल स्तरोन्नतिको लागि निर्माणको कामपछि उपकरण जडान गरेर रात्रीकालीन र खराबम मौसममा पनि हवाई सेवाका लागि अर्को हिउँद कुर्नुपर्ने भएको छ ।

झण्डै दुई वर्ष लगाएर जग्गा अधिग्रहण गरिएपछि धनगढी विमानस्थलमा रात्रीकालीन उडान र कम भिजिबिलिटीमा पनि जहाज उडान र अवतरण गर्न उपकरण जडानको काम गर्नुअघि जग्गा भरान र तारबारको काम सुरु हुन नसकेको हो । वर्षातको समयमा पानी परेर जग्गामा भरिएपछि रोकिएको माटो भरानको काम र तारबारको कामले गति लिन नसकेको धनगढी विमानस्थल प्रमुख छवि ठकुल्लाले बताए ।

जग्गा अधिग्रहण भएपछि धनगढी विमानस्थलमा रात्रीकालीन र कम भिजिबिलिटीमा उडान भर्न सकिने दिशा निर्देशक भीओर र दुरी सूचक यन्त्र डिएमई जडान गरिनेछ । विमानस्थलमा भिओआर डिएमई नामक उपकरण जडान भएपछि दिउसो सामान्य तुवालोमा पनि विमान उडान र अवतरण गर्न सकिने छ भने एप्रोच लाईट जडान भएसँगै रात्रीकालीन अवतरण र उडान भर्न सकिने छ । तर अधिग्रहण गरिएको जग्गा तारबार, वाटो निर्माण गर्दै ग्राबेल लगायतको काम गर्न पानी जमेका कारण नसकिएको निर्माण व्यवसायी हरि भट्टले बताए ।

चाडपर्व पनि नजिकिएकोले सो समयमा पनि कामले गति लिने देखिँदैन् । नेपाल नागरिक उडड्यन प्राधिकरणबाट ईन्जिनियर र सुपरभाईजर लगायतका प्राविधिकहरुको टोली आएर बस्तुस्थिति बुझेर पनि फर्किसकेकोले अबको काम दशैं तिहारपछि हुने अवस्था देखिएको धनगढी विमानस्थलका प्रमुख छवि ठकुल्लाले जानकारी दिए ।

जापान सहयोग नियोग जाइकाले उपकरण जडानका लागि जापानमै निर्माणको काम जारी राखेका वेला ८ महिनाभित्रै जडान सम्पन्न गराउने तयारी भइरहेको छ । दशैंसम्ममा भिओआर डिएमई नामक उपकरण नेपाल पुगेपछि त्यसको जडानमा झण्डै दुई महिनाको समय लाग्ने देखिएको छ । सबै काम गरेर अबको आठ महिनामा धनगढी विमानस्थलवाट भिओआर डिएमई नामक उपकरण जडान सम्पन्न भएसँगै रातिको समय र खराब मौसममासमेत विमान उडान र अवतरण गर्न सकिने सुरु गरिने नेपाल नागरिक उडड्यन प्राधिकरणका उप निर्देशक संजीव सिंह कडायतले बताए ।